पारिजात पार्कलाई नमुना पार्क बनाउने
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६ मा रहेको पारिजात पार्क स्थानीयको सितलता प्रदान गर्ने थलो बनेको छ । विद्यालय छुट्टी हँुदाको दीन अझै भिड लाग्ने गर्छ । स्थानीय दिउँसोको समयमा पिपलको छहारीमा बस्ने गर्छन् । स्थानीय हेमा आचार्यले बेलाबखत पारिजात पार्क आइरहने गरेको बताउनुभयो । बालबच्चासँगै छुट्टीको समयमा नियमित पारिजात पार्क पुग्ने गरेको केशब भुसालको भनाई छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर ६ नारायणी नदी किनार स्थित पारिजात पार्कलाई नमुना पार्क बनाउने सङ्कल्प गरेका छन् । नदी किनार र एकान्त स्थलमा रहेका कारण पनि पार्क व्यवस्थापनमा ठूलो चुनौती छ । यद्यपी यसलाई व्यवस्थित गर्दै लगिएको छ भने यहाँ आउनेको सङ्ख्या पनि बढ्दो छ । पारिजात पार्क ४ वर्ष पहिलादेखी व्यवस्थित बन्न थालेको हो । पार्क व्यवस्थापन समितिले पारिजात पार्कलाई नमुना पार्क बनाउने उद्देश्य लिएका छन् ।
यहाँ विभिन्न जातका बिरुवा रोपेर, विभिन्न निकायबाट आएको सहयोगले पार्क निर्माणमा सघाउ पुगेको पारिजात पार्कका अध्यक्ष महेन्द्र सापकोटा बताउनुहुन्छ । पार्क संरक्षणमा चुनौती थपिएको सापकोटाको भनाई छ । पार्कमा रहेका पोल, बिजुलीका बल्बहरु चोरी हुने सीमेन्टका कुर्सीहरु तोडफोड भएका कारण क्षती व्यहोर्नुपरेको छ । यसलाई अझै व्यस्थित गराउँदै नमुना पार्क बनाउन उद्दत रहेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
पारिजात पार्कलाई व्यवस्थित बनाउन वडा समिति पनि लागिपरेको छ । नारायणी नदी तटबन्धनसँगै राहत मिलेको छ भने अन्य तटबन्धनका कार्य अघि बढाउँदै छ । यहाँ घुम्न आउने पर्यटकलाइ आकर्षित गर्न राम्रो संरचना निर्माण गर्ने गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शुभाष चापागाईंको भनाइ छ ।
गैँडाकोट नगरपालिका क्षेत्रमा रहेको यस्ता पार्क तथा पर्यटकीय क्षेत्रको पहिचान गरी विकास र प्रवर्धन गर्न आवश्यक छ । यस्ता विषयमा स्थानीय सरकार, समुदाय र व्यवस्थापन समितिको सहकार्यले मात्र दिगो व्यवस्थापनमा सहयोग पुग्ने छ ।