शिक्षक संगठन गैंडाकोट नगर समितिले शिक्षाशाखामा बुझायो ज्ञापनपत्र

२०८१ श्रावण ४ शुक्रबार १९:१८:०० मा प्रकाशित


गैँडाकोट । नेपाल राष्ट्रिय शिक्षक संगठन गैंडाकोट नगर समितिले गैँडाकोट नगरपालिका शिक्षा शाखामा शिक्षकहरुका विभिन्न मागहरु समेटी ज्ञापन पत्र हस्तान्तरण गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय समितिको कार्यक्रम  एवम् नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको सर्कुलर अनुसार कार्यक्रम गरिएको हो । 


संगठनका पूर्व जिल्ला सह सचिव हिमालदेव पङ्गेनीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको होे ।  नेपाल राष्ट्रिय शिक्षक संगठनका गैँडाकोट नगर समिति उपाध्यक्ष गोविन्द चालिसेको अध्यक्षतामा भएको कार्यक्रम उहाँले ज्ञापन पत्र वाचन गरी शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईंलाई हस्तान्तरण गर्नुभएको थियो ।  


प्रमुख अतिथि हिमालदेव पङ्गेनीले कार्यक्रमको औचित्यता माथी प्रकाश पार्नुभएको थियो । गैंडाकोट नगरपालिका भित्र अध्यापनरत करिब २० जना शिक्षकहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रमको सहजीकरण संगठनका नगर सचिव कृष्ण प्रसाद खरेलले गर्नुभएको थियो भने शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईंले ज्ञापन पत्र बुझिसकेपछी शिक्षकहरुका मागहरुलाई आफू भन्दा माथिल्लो निकायमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।