मनकामना केवलकार ५० दिनलाई बन्द
गोरखा । मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड रुपैयाँ खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ । निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट आएका प्राविधिकले आजैदेखि स्तरोन्नतिको काम सुरु गरेका छन् ।
स्तरोन्नतिका लागि ५० दिन लाग्ने र त्यो अवधिभरि मनकामना केवलकार बन्द रहने कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । २६ वर्ष अगाडि जडित प्रविधिलाई प्रतिस्थापन गरेर अहिलेको विश्वमा प्रचलित डिजिटल प्रविधि जडान गरेर स्तरोन्नति गर्न लागिएको उहाँले बताउनुभयो ।
डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायर अष्ट्रियाबाट नै समाधान गर्न सकिने छ ।