विजय आधारभूत विद्यालयले विद्यालय सुधार योजना सम्बन्धि कार्यशाला मंगलबार सम्पन्न

२०८१ असार २६ बुधबार ०९:०७:०० मा प्रकाशित

विजय आधारभूत विद्यालयले विद्यालय सुधार योजना सम्बन्धि कार्यशाला मंगलबार सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयले शैक्षिकसत्र २०८१ मा सम्पन्न गर्ने शैक्षिक तथा भौतिक सुधारका विषयमा छलफल भएको थियो । कार्यशालामा प्रमुख अतिथि शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत रामप्रसाद अधिकारीले विद्यालय सुधार योजना निर्माण पछि कार्यान्वयन गर्न सकेमा मात्र यसको सार्थकता हुने बताउनुभयो ।

विशिष्ट अतिथि गैंडाकोट नगरपालिका शिक्षा समिति सदस्य डोलराज पाण्डेले सुधार योजनाले शैक्षिक सुधारका पक्षमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । सो कार्यशालाको सहजीकरण पूर्व उप सचिव एवं शिक्षाविद् गोपालप्रसाद भण्डारीले गर्नुभएको थियो ।

कार्यशालामा जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ सदस्यहरू , टोल विकास संस्था प्रतिनिधिहरु, अभिभावकहरु , शिक्षक तथा विद्यार्थी प्रतिनिधिहरुको सहभागीता रहेको थियो । विद्यालयका प्रधानाध्यापक सरस्वती पाण्डेले स्वागत गर्नुभएको कार्यशाला विद्यालय व्यवस्थापन समिति अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।