बाढी प्रभावितलाई लायन्सको खाना सहयोग

२०८१ असार २४ सोमबार १९:२६:०० मा प्रकाशित


गैँडाकोट । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरले नारायणी नदिमा आएको बाढीले प्रभाबितहरुलाई खाना सहयोग गरेको छ । खाना सहयोग डिष्ट्रिक ३२५ आरमा रहेको आपतकालिन कोषबाट गरिएको हो । गत असार २१ र २२ गते नारायणी नदिमा बाढी आउदा गैडाकोट नगरपालिका वडा नं २ नारायणी टोल बिकास सस्था क्षेत्रका करिब १३५ परिवार बिस्थापित भएका हुन । 

वाढीबाट प्रभावितहरुलाई महेन्द्र आर्दश माध्यामिक बिद्यालय गैडाकोट २, सिलन्यास चोक र श्रीराम पार्टी प्यालेस गैडाकोटमा राखिएको गैडाकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । वडा अध्यक्ष सापकोटाले बाढी प्रभावितलाई खानाका लागि सहयोग पु¥याएकोमा लायन्सलाई धन्यवाद दिदै यस्तै मानविय कार्यमा सहयोग पाईरहने आफुमा विश्वास रहेको बताउनुभयो । 

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका द्धितिय भाईस डिष्ट्रिक गर्भनर प्रभाकर पण्डितले गैडाकोट नगरपालिका २ पुल्चोक क्षेत्रमा हरेक बर्ष जस्तो आउने बाढीबाट प्रभावितहरुलाई लायन्स डिष्ट्रिकले सधै सहयोग गरीराखेको बताउनुभयो । वहाँले डिष्ट्रिक ३२५ आरले यसपटक आपतमा परेका स्थानिय वासिन्दाका लागि लागि खानाको प्रबन्ध गरिएको बताउनु भयो । कार्यक्रममा उपस्थित लायनहरुलाई नागरिकलाई आवश्यक जुनसुकै स्थानमा पनि यसैगरी स्वस्फुर्थ रुपमा मानविय कार्यमा जुट्न आग्रह समेत गर्नुभएको थियो । 

कार्यक्रममा डिष्ट्रिक ३२५ आरका सचिब निरज श्रेष्ठ, कोषाध्यक्ष शंकर नेपाल, लायन्स सचिवालय सल्लाहाकार राजेन्द्र गौतम, डिष्ट्रिक एक्जुकेटिभ चिफ दिपेन्द्र खतिवडा, कृष्ण पाण्डे, डिष्ट्रिक एक्जुकेटिभ चिफ एवं आपतकालिन कोषका संयोजक पूर्णप्रसाद शर्मा, गैडाकोट वडा नं २ का अध्यक्ष एवं सदस्यहरु, नारायणगढ–गैडाकोट क्षेत्रका लायनहरुको उपस्थिती रहेको थियो ।