महेन्द्र स्मारक आधारभूत विद्यालयमा विद्यालय सुधार योजना निर्माणका लागि कार्यशाला

महेन्द्र स्मारक आधारभूत विद्यालयले शुक्रबार विद्यालय सुधार योजना निर्माणका लागि एकदिने कार्यशाला सम्पन्न गरेको छ । विद्यालय सुधार योजना विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रित रही निर्माण गरिने साधनको रुपमा लिइने गरिएको छ । विद्यालयले आवधिक रूपमा विद्यालय सुधार योजना तयार गरी समग्र व्यवस्थापन एवम् सुधार कार्य सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था अनुरुप विद्यालय सुधार योजना निर्माणकालागि कार्यशाला गरिएको विद्यालयका प्रधानाध्यापक शिवराज काफ्लेले बताउनुभयो ।
विद्यालय सुधार योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई सहजीकरण गर्न र विद्यालयलाई स्वःमार्गदर्शन प्रदान गर्ने उद्देश्यले यो विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०८० मा केन्द्रीत रहेर निर्माण गरिन्छ ।
गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईंको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यशालामा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, टोलविकास संस्थाका प्रतिनिधि, शिक्षक अभिभावक संघका संयोजक एवं सदस्यहरु, पूर्व अध्यक्ष वेदप्रसाद गौडेल, नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्राई लगायतको उपस्थिति रहेको थियो ।
पूर्व उपसचिव तथा शिक्षाकर्मी गोपालप्रसाद भण्डारीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।