सदा स्वस्थ रहन के गर्ने ?

२०८१ असार २ आइतबार ०५:५८:०० मा प्रकाशित

काठमाडौं- खराब जीवनशैलीका कारण हामीले दुःख झेलिरहेका हुन्छौं। तसर्थ सदैव स्वस्थ रहन खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु जरुरी छ। अब जानौं सदा स्वस्थ रहन अत्यावश्यक केही टिप्स्।

– सकारात्मक सोचको विकास गरौँ। बिहान उठ्नेबित्तिकै आजको दिन सकारात्मक तरिकाले बिताउने संकल्प गरौँ। आफ्नो करिअर, परिवारको जिम्मेवारी, कामको बोझ, बढी महत्त्वाकांक्षालगायत कारणले हुने तनाव भगाऔँ।

– मानिस पूर्ण रूपमा स्वस्थ रहन मोटोपनबाट बच्‍न जरुरी छ।

– नियमित दिनचर्याको ख्याल गर्नुहोस्। खाने, बस्‍ने, सुत्‍ने, उठ्नेजस्ता नित्यकर्मको समय निश्चित गर्नुहोस्।

– शारीरिक र मानसिक तवरले स्वस्थ रहन नियमित व्यायाम गर्नुहोस्।

– मानिसले पाँचदेखि आठ घण्टा पूरा निद्रा लिन जरुरी छ। निद्रा पुगेन भने दिनभरि तनाव हुनुका साथै शारीरिक समस्या देखापर्छन्।

– बिहान नास्ता खाने बानी बसाउनुहोस्। यसले दिनभरि ऊर्जा प्रदान गर्छ।

– ध्यान गर्नुहोस्, जसबाट दिमाग तेजिलो हुन्छ। ध्यान साधारण तर शक्तिशाली विधि हो, जसले तपाईंको मस्तिष्कलाई शान्त र स्थिर राख्छ।

– नियमित स्वास्थ्य परीक्षण गर्नुहोस्, जसले कुनै पनि समस्याका लक्षण देखिनुअघि नै  सचेत गराउँछ।