अवैध रुपमा नदी उत्खनन गर्ने चिनीयाँ कम्पनीका चार वटा गाडी नियन्त्रण

२०८१ असार १ शनिबार १७:२२:०० मा प्रकाशित

नवलपुर । नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदी उत्खनन गर्ने चाइना स्टेट कम्पनीका ३ वटा टिपर र एउटा जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डामा रहेको केरुङ्गे खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ३ वटा टिपर र एउटा जेसिबीलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रहरीले लु १ अ यो ३२, लु १ अ यो २६ र ना ६ ख ६७३५ नम्बरको टिपर र बा ३ क ८०२६ नम्बरको जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसिबीलाई प्रहरी चौकी डण्डामा राखिएको छ । केही दिनदेखि चाइना स्टेट कम्पनीले केरुङ्गे खोलामा दोहन गरिरहेको प्रहरीको भनाइ छ ।