अत्याधिक गर्मीका कारण गैँडाकोटका विद्यालय दुई दिनका लागि बन्द 

२०८१ जेठ २८ सोमबार १८:१७:०० मा प्रकाशित


नवलपुर । अत्याधिक गर्मीका कारण गैँडाकोट नगरपालिकाका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ ।

अत्याधिक गर्मीका कारणले विद्यार्थीहरु विरामी पर्ने लगायतका समस्याहरु देखा परेको भनि विभिन्न विद्यालयहरुबाट जानकारी प्राप्त भएको जनाउँदै विद्यालय बन्द गरिएको हो ।

नगरपालिकाले वर्षे विदाबाट विदा समायोजन गर्ने गरी तीन दिन बिदा दिने निर्णय गरेको शिक्षा अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जेठ २९ र ३० गते सम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालहरु बन्द गर्न निर्देशानात्मक सूचना समेत जारी गरिएको छ ।