नेकपा एमाले गैँडाकोटको अध्यक्षमा तीनजना आकांक्षी

२०८१ जेठ २५ शुक्रबार १९:०३:०० मा प्रकाशित


गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गैँडाकोट नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशन शुक्रबाट सुरु भएको छ । आज फेमिली पार्टी प्यालेसमा भएको भेलाबाट अधिवेशनको सरगर्मी बढेको छ । 

नेकपा एमाले पोलिटब्युरो सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज मनाकुमारी के.सीले नेकपा एमाले इमान्दारीतामा साथ लागैकै कारण देशका अधिकांश नागरिकलाई एमाले पार्टी प्रति गर्व लाग्ने गरेको छ । नेकपा एमालेलाई जिवन्त बनाउन किसान, महिला, मजदुर लगायतको संघर्षका कारण समाजमा एमालेले अमुल्य छाप स्थापित गर्न सकेको नेतृ केसीले बताउनुभयो । 

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज तिलक महतले पार्टीलाई मजबुत बनाउन कार्यकर्ता पनि इमान्दर हुनुपर्ने बताउनुभएको छ । 

गैँडाकोट नगर कमिटिका कार्यवाहक अध्यक्ष जगन्नाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले नवलपुर जिल्ला कमिटि अध्यक्ष जिवन श्रेष्ठ, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य पदमा जि.सी, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य दिपक अधिकारी, नेकपा एमाले केन्द्रिय कमिटि सदस्य रविन्द्र अधिकारी, नेकपा एमाले केन्द्रिय कमिटि सदस्य कृष्णप्रसाद पौडेल, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यहरु छत्रराज पौडेल, गोपेन्द्र केशरी न्यौपाने, देवकला वराल, टंकमणी शर्मा लगायतले नगर अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

 उनिहरुले पार्टी बलीयो बनाउन उत्पादन मूलक क्षेत्रमा जोडदिनु पर्ने बताएका छन् ।  कार्यक्रमको सहजीकरण गैँडाकोट नगरकमिटिका कार्यवाहक सचिव श्रीराम सुवेदीले गर्नुभएको थियो । 

नेकपा एमालेको नगरअधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेकपा एमालेको नगर कमिटि ७५ सदस्यीय रहने विधानमा व्यवस्था छ । एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव सहित अन्य सदस्यहरु अधिवेशनबाट निर्वाचित हुनेछन् । नेकपा एमाले गँैडाकोटको अध्यक्षका लागि राष्ट्रिय युवा संघ नवलपुरका अध्यक्ष कृष्ण कंडेल, नगर अधिवेशनमा कार्यवाहक अध्यक्ष सम्हालेका जगन्नाथ पौडेल र कार्यवाहक सचिव श्रीराम सुवेदीको नाम एमालेवृत्त भित्र चर्चामा रहेको छ ।

नेकपा एमाले भित्र रहेको गुटबन्दीका कारण नेतृत्व चयनमा केही सकस देखिन्छ । संस्थापक खेमाका तर्फबाट कृष्ण कंडेल र श्रीराम सुवेदीले आकांक्षा राखेको देखिन्छ भने संस्थापन इतर खेमाबाट जगन्नाथ पौडेल आकांक्षा रहेको छ । श्रीराम सुवेदी र जगन्नाथ पौडेल नगरतहकै समितिमा सक्रिय रहँदै आएका छन् भने, युवा संघको नेतृत्व गरेका कृष्ण कंडेलले सामाजिक क्षेत्रमा सहयोगी रुपमा आफूलाई परिचित बनाउँदै आएका छन् । सकेसम्म सहमतिमा नया नेतृत्व चयन गर्ने तयारी एमालेले गरेको छ ।