मिस नेपाल २०२४ का लागि २६ जना प्रतिस्पर्धा गर्ने

२०८१ जेठ २० आइतबार ०५:५८:०० मा प्रकाशित

काठमाडौं । मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका लागि देशभरबाट डेढसय सुन्दरीले अडिशन दिएकोमा २६ प्रतिस्पर्धी छानिएको हो । आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक र प्रायोजकले प्रतियोगीलाई ‘स्यास’ प्रदान गर्नुभएको थियो । प्रतियोगितामा नेपालसहित डायस्पोराबाट प्रतिस्पर्धी छन् ।

फाइनलिस्ट प्रतियोगी घोषणासँगै अब सहविधाका प्रतिस्पर्धा आयोजना हुनेछन् । ११ विधामा यसपटक सहविधा सञ्चालन हुने जनाइएको छ । मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको विधाका लागि सुन्दरीको प्रतिस्पर्धा हुनेछ । यसवर्षको ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।