नेपाल राष्ट्रिय शिक्षक संगठन गैँडाकोटको नयाँ नेतृत्व चयन 

२०८१ जेठ १४ सोमबार १६:१९:०० मा प्रकाशित

गैँडाकोट । नेपाल राष्ट्रिय शिक्षक संगठन गैँडाकोट नगरपालिकाको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा रोशन मल्ल चयन हुनुभएको छ ।

त्यसैगरी संगठनको उपाध्यक्षमा गोविन्द चालिसे, महिला उपाध्यक्षमा राधा शर्मा, सचिवमा कृष्ण प्रसाद खरेल, कोषाध्यक्षमा केशर रानाभाट, सह सचिवमा भावना अधिकारी, सह कोषाध्यक्षमा दुर्पना कोइराला, सदस्यहरुमा लक्ष्मण कँडेल, तुलसी तिमिल्सना र प्रदिप सापकोटा चयन हुनुभएको छ । नगर समिति ३३ सदस्यीय हुनेछ । अन्य सदस्यहरु नगर समितिको पहिलो बैठकबाट मनोनित गरिने नव निर्वाचित सचिव कृष्ण प्रसाद खरेलले जानकारी दिनुभयो । 

यसअघि जनता माध्यमिक विद्यालय हर्कपुरमा भएको कार्यक्रममा आधारभूत तह, माध्यमिक तह एवं प्लस टु मा गैँडाकोट नगर भित्रका उच्चतम जिपिए प्राप्त गर्ने ९ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यस्तैगरी १० जना सेवा निवृत शिक्षकहरु र ४ जना शिक्षकहरुलाई दिर्घ सेवाद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा १० जना स्थायी सेवामा प्रवेश गर्नुहुने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

उक्त कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका उपाध्यक्ष बलराम रानाभाटको प्रमुख आतिथ्य एवं नेपाल राष्ट्रिय शिक्षक संगठन गैँडाकोट नगर अध्यक्ष नवराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।