सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गरिने

२०८१ जेठ १ मंगलबार १७:१५:०० मा प्रकाशित

काठमाडौं । सरकारले सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

सङ्घ, प्रदेश र स्थानीयबाट प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गरिनेछ । सङ्घीय अस्पतालहरूलाई कार्य बोझका आधारमा पुनर्संरचना गरिने उहाँले बताउनुभयो । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्तिबाल अस्पताल लगायत अस्पतालमा पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने भएको छ । कान्ति बाल अस्पतालमा थप पूर्वाधार निमार्ण स्तरोन्नति गरी सुविधा सम्पन्न गरिनेछ ।