प्रत्येक प्रदेशमा एक हजार गाई र भैँसी पालन क्षमता

२०८१ जेठ १ मंगलबार १६:००:०० मा प्रकाशित

काठमाडौं । तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ।

सरकारले मंगलबार नीति तथा कार्यक्रममा गाई र भैँसी पालन क्षमताको लागि पूर्वाधार स्रोत केन्द्र विकास गर्ने योजना सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो। 

त्यसैगरी सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा नियन्त्रणको व्यवस्था मिलाउने घोषणा गरेको छ। 

हिमाली क्षेत्रमा भेडा, बाख्रा, च्याङ्ग्रा, चौरी लगायत पशुपालन एवम् चयाउ, ओखर जस्ता जडीबुटीको ठुला फार्म सञ्चालन गर्न हिमाल समृद्धि कार्यक्रम सञ्चालन हुने भएको छ।