विकू बचतले गर्यो वडा अध्यक्षहरुसँग अन्तरक्रिया 

२०८१ बैशाख २८ शुक्रबार १८:५१:०० मा प्रकाशित


गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लि.ले बिहिबार जनप्रतिनिधीहरु सगँ अन्र्तक्रिया गरेको छ । वित्तिय क्षेत्रमा स्थानीय सरकारसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा गँैडाकोट नगरपालीका, देवचुली नगरपालीका, कावासोती नगरपालीका, मध्यविन्दु नगरपालीका, हुप्सेकोट गाँउपालीका र विनयीत्रिवेणी गाँउपालीकाका वडा अध्यक्षहरुसँग अन्र्तक्रिया गरिएको संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । 
कार्यक्रममा संस्थाले अहिलेसम्म गरिरहेका सामाजिक रुपान्तरणका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा सहकार्यको लागि प्रतिबद्धता वडा अध्यक्षहरूले व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष कालिदाश गौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गर्नु भएको थियो ।