गैँडाकोटमा ४५ सय ५२ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
गैँडाकोट । दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत गैँडाकोटमा ४ हजार ५ सय ५२ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदैछ ।
गैँडाकोट नगरपालिकामा रहेका १८ वटै वडाका ४१ जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकामाफर्त तोकिएको स्थानमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने क्रम चलिरहेको गैँडाकोट नगर स्वास्थ्य शाखाका सिअनमि सीतादेवी शर्माले जानकारी दिनुभयो ।
पहिलो दिन आज बिहीबार छुटेकाहरुलाई भोली शुक्रबार पायक पर्ने स्थानमा गई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले आग्रह गर्नुभयो ।
नवलपुर जिल्लामा भने २६ हजार चारसय ८५ जना पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने स्वास्थ्य कार्यालय नवलपुरका निमित्त प्रमुख मुक्तिनाथ भट्टराईले जानकारी दिनुभयो ।