हरि ॐ सत्सङ्ग साधना सदनमा मूर्ति प्राण प्रतिष्ठा 

२०८१ बैशाख ५ बुधबार १४:४२:०० मा प्रकाशित


नवलपुर । गैँडाकोट ९ मा रहेको हरि ॐ सत्सङ्ग साधना सदनमा मूर्ति प्राण प्रतिष्ठा गरिएको छ ।

बुधवार भगवान श्रि गणेश, महादेव, गणेशको बहान मुसा, महादेवको बहान साढे र अष्टनागको संयुक्त रुपमा प्राण प्रतिष्ठा गरिएको हो । करिब ८ लाखको लागतमा भगवानको मूर्ती तयार भएको हरि ॐ सत्सङ्ग साधना सदनका अध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिनुभयो ।

त्यस्तै ४५ लाखको लागतमा भगवान गणेश र शिवको मन्दिर निमार्ण गरिएको छ । 

कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले मन्दिरको भौतीक विकासमा नगरपालिकाले काम गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

त्यस्तै गैँडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटाले आगामी बर्ष मन्दिरलाई आवश्यक सहयोग गर्ने बताउनुभएको छ । जयश्री फुड्स प्रा.लीका प्रवन्ध निर्देशक पवन अग्रवालले मन्दिरलाई हरेक दिन पुजामा आवश्यक पर्ने मिठाइ र दूध सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्दिरमा अहिले नित्यपूजा पाठ चलिरहेको छ ।