गैँडाकोटको मुकुन्दपुर र अमरापुरीमा आज पनि ९ घण्टा विद्युत अवरुद्ध हुँदै,

२०८० फाल्गुण १९ शनिबार ०५:५१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाको मुकुन्दपुर र अमरापुरी क्षेत्रमा आज ९ घण्टा विद्युत सेवा अवरुद्ध हुने छ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका अनुसार आज गैँडाकोट नगरपालिकाको वाड नंं १०, ११, १२, १३, १४ र १५ मा विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने छ ।
 
आज नारायणगढ बुटवल सडक विस्तार आयोजनाले प्रगतिनगर सबस्टेशनबाट प्रसारण हुने ३३ के।भी। मुकुन्दपुर फिडर लाइनमा नयाँ पोल गाडी लाइन निर्माण कार्य गर्नुपर्ने भएको हुँदा उक्त समयमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।