भोलि सार्वजनिक बिदा दिइएको छैन: गृह मन्त्रालय

२०८० माघ २९ सोमबार १३:१६:०० मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले भोलि फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ ।

गत वर्ष फागुन १ गते सार्वजनिक बिदा दिइएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन् ।

संघीय सरकारले गत वर्ष 'जनयुद्ध दिवस' का दिन फागुन १ मा बिदा दिएको थियो ।

तर सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो । सर्वोच्चले बिदा बदर गरिदिएपछि गृह मन्त्रालयले सूचना निकालेर फागुन १ मा सार्वजनिक बिदा नरहेको प्रष्टाएको छ ।