चितवनमा बस दुर्घटना

२०८० माघ २७ शनिबार ०७:४३:०० मा प्रकाशित

काठमाडाैं | चितवनमा बस दुर्घटना भएको छ । रौतहटबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–००६ ख २००४ नम्बरको बस गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–२ गड्यौलीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।

बस सडक छेउमा रोकिराखेको ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको हो ।