जिइएस स्पोर्ट्स कार्निभल सम्पन्न, ग्रीन्ल्यान्डलाइ फुटसलको उपाधी 

२०८० माघ २५ बिहीबार १९:०१:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट इङ्लिस स्कुलमा यहि माघ १८ गतेदेखि जारी स्पोर्ट्स कार्निभलको समापन भएको छ । एथलेटिक्स तथा समूह खेलका विभिन्न ९५ स्पर्धा गराइएको यस कार्यक्रममा अन्तिम स्पर्धाको रुपमा अन्तर विद्यालय फुटसलको आयोजना गरिएको थियो । 

चितवन तथा नवलपुरका विभिन्न ३२ टिम सम्मीलित फुटसल प्रतियोगितामा ग्रीनल्यान्ड पब्लिक स्कुलले आफुलाइ अब्बल ठहर्‍यायो । फाइनलमा मुकुन्दसेन इङ्लिस बोर्डिङ स्कुल हर्कपुरलाइ ३-० ले हराउदै ग्रीनल्यान्डले नगद रु २०,०००, ट्रफी तथा मेडल हात पार्यो । 

यता द्वितीय स्थानमा चित्त बुझाएको मुकुन्दसेनले नगद रु १०,०००, ट्रफी तथा मेडल प्राप्त गर्यो । गत बर्षका बिजेता तथा उपबिजेता टोलि कालिका नमुना माबी र नेपाल राष्ट्रिय माबीको यात्रा सेमिफाइनलमा रोकिएको थियो । 

दुई दिन चलेको उक्त प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन सुबाराशाइ ईन्स्टिच्युट, भरतपुर उकालोले गरेको थियो भने एन्फा रेफ्री अमित घिमिरेको टिमले खेल खेलाएको थियो । पुरस्कार बितरण समारोहमा गैंडाकोट खेलकुद बिकास समितिका अध्यक्ष लक्षमण कार्कीको प्रमुख आतिथ्यता रहेको समापन समारोहमा विद्यालयका प्राचार्य हिरालाल अर्यालको सभापतित्व रहेको थियो।