लायन्स क्लब अफ बागेश्वरी डायनामिकको फेलोसीप र सम्मान कार्यक्रम 

२०८३ असार ३० मंगलबार १७:०४:०० मा प्रकाशित

असार ३०,  गैँडाकोट । लायन्स क्लब अफ बागेश्वरी डायनामिक  गैँडाकोटको आयोजनामा सोमबार गैंडाकोट–२ स्थित एलो हाउसमा बोर्ड बैठक तथा फेलोसिप  कार्यक्रम सम्पन्न भएको छ।

डिष्ट्रिक ३२५ Rनेपाल (क्लस्टर ६, रीजन २६, जोन ५१) का अध्यक्ष तुलसी उपाध्याय को अध्यक्षतामा भएको कार्यक्रम सांगठनिक समीक्षा, आपसी भाइचारा अभिवृद्धि र विशेष सम्मानमा केन्द्रित रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा हालै गैंडाकोट–५ मा अवस्थित जनक नमुना माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएका ततीय उपाध्यक्ष  हिमालय देव पङ्गेनीका लागि ’सम्मान तथा बधाई कार्यक्रम’ संचालन गरिएको थियो। उहाँको यस गरिमामय नियुक्तिले समग्र गैंडाकोट क्षेत्रको शैक्षिक विकासमा थप टेवा पुग्ने र लायन्स अभियानको समेत गरिमा बढेको भन्दै क्लबका तर्फबाट औपचारिक रूपमा सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

क्लबका चार्टर प्रेसिडेन्ट (संस्थापक अध्यक्ष) कमल तिवारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमलाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न क्लबका द्वितीय उपाध्यक्ष लायन गोविन्द उपाध्यायले कार्यक्रम संयोजकको रूपमा सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नुभएको थियो भने औपचारिक सत्रको कुशल सञ्चालन उद्घोषकको भूमिकामा रहनुभएका क्लबका सचिव लायन केशर रानाभाटले गर्नुभएको थियो।

कार्यक्रममा पूर्व अध्यक्षहरू रोशन मल्ल, तुलसी सापकोटा र राम कृष्ण कोइरालाले नवनियुक्त सहायक प्रधानाध्यापक पङ्गेनीलाई बधाई तथा कार्यसफलताको शुभकामना ज्ञापन गर्दै संस्थागत विकासका विविध पक्षमा प्रकाश पार्नुभएको थियो।

मन्तव्यका क्रममा वक्ताहरूले आगामी दिनमा समाजमा अझै प्रभावकारी  खालका सामाजिक कार्यहरू गर्नुपर्नेमा जोड दिनुभएको थियो । औपचारिक बैठक र सम्मान पश्चात आयोजित फेलोसिप डिनरमा सदस्यहरूबीच आपसी भाइचारा र सम्बन्ध नवीकरण गर्दै कार्यक्रम समापन भएको थियो।