कर खारेजीकाे माग गर्दै देशभरका चलचित्र घर बन्द

२०८० माघ २२ सोमबार २०:४०:०० मा प्रकाशित

काठमाण्डाै – आज देशभरका चलचित्र घर बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यावहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा देशभरका चलचित्र घर बन्द गरेकाे हाे ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको आरोप लगाएको छ । चलचित्र घरमा सरकारको अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क) का कारण व्यवसायी धराशायी हुने अवस्थामा पुगेको हुँदा आज एकदिन देशभरका चलचित्र घर बन्द गरेकाे सङ्घले जनाएकाे छ ।