आज विजय लिटिल च्याम्प्स् हुँदै, डान्सर रुविना अधिकारीको बेजोड प्रस्तुती

२०८० माघ २० शनिबार ०६:३४:०० मा प्रकाशित


गैँडाकोट । बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गैँडाकोटमा हुन लागेको विजय लिटिल च्याम्प्स नृत्य प्रतियोगिता २०८० को तयारी पुरा भएको छ । विजय लिटल च्याम्प्स् विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाले आयोजना गरेका हो । आज बिहान १० बजेबाट सुरु हुने प्रतियोगिताका लागि मोडल तथा डान्सर रुविना अधिकारीको प्रस्तुती समेत रहनेछ । ‘सोचे झै जिन्दगी रहेनछ’ लगायतका सयौँ गीतमा नृत्य समेत प्रस्तुत गर्नुभएकी डान्सर अधिकारीले नृत्य प्रस्तुत गर्नुहुनेछ । कार्यक्रममा सहभागि हुन डान्सर अधिकारीले सम्पूर्णमा आग्रह समेत गर्नुभएको छ । 


प्रतियोगितामा विकू बचत तथा ऋण सहकारी, टु ब्रदर्श बुक प्यालेस एण्ड स्टेश्नरी, मुनाल फुड्स प्रा.लीको कस्तुरी ह्वाइट चाउचाउ, सेन्ट्रल कलेज, एम्स एब्रोड एजुकेशनले प्रतियोगितामा सहकार्य गरेका छन् । यस्तै प्रतियोगिताको सहयोगी संस्थामा रत्नश्री बीएम इमिटेशन, ग्रिन बुक्स, साझा पुस्तक, स्लाइस एण्ड साल्ट, युनिक पुस्तक पसल, श्रेया ब्रेकरी, जानकी ग्याँस, आमा फलेक्स, रिमाल टेन्ट एण्ड क्याटरिङ सर्भिस एण्ड साउण्ड सिष्टम, अम्बे प्रशोधित सूर्यमुखी तेल, गैँडाकोट रिसोर्ट, एन बेकरी बिस्कुट, फाष्टखबर अनलाइन रहनेछन् ।


विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि यहि माघ २० गते आज विजय सामुदायिक शिक्षा सदनको प्राङ्गण गैँडाकोट ५ मा हुने कार्यक्रम विहान १० बजेबाट सुरु हुनेछ । यस प्रतियोगितामा गैँडाकोट नगरपालिका भित्र रहेका आधारभूत तह (कक्षा १–५) का विद्यार्थीले सहभागिता जनाउनेछन् । हरेक विद्यालयबाट १ जना छात्र र १ जना छात्रा गरि २ जनाले युगल नृत्य गर्नेछन् । यस प्रतियोगितामा नेपाली तथा नेपालभित्रकै स्थानीय भाषाको गीतमा नृत्य गर्नुपर्ने मापदण्ड बनाइएको छ । नृत्यको समय ५ मिनेट भित्रको हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार २० हजार रुपैँया, द्वितीय पुरस्कार १५ हजार रुपैँया, तृतीय पुरस्कार १० हजार रुपँैया र सान्त्वना पुरस्कार ५ हजार रुपैँया रहेको छ ।