‘त्रिवेणी साहित्य प्रतिष्ठान’को नयाँ कार्यसमितिद्वारा शपथ ग्रहण 

२०८० माघ १५ सोमबार १९:१७:०० मा प्रकाशित

गैँडाकोट । ‘त्रिवेणी साहित्य प्रतिष्ठान’को चौँथो साधारण सभा तथा अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शपथ ग्रहण गरेका छन् । 

इन्द्रराज पौडेलको अध्यक्षतामा गठित प्रतिष्ठानको उपाध्यक्षमा भीमप्रसाद शर्मा, सचिवमा रामहरि शर्मा, सह सचिवमा भूमिश्वर शर्मा, कोषाध्यक्षमा मुक्तिनाथ न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरुमा धर्मानन्द शर्मा, मुना धनञ्जय, उदयनाथ रेग्मी, राधा कोइराला, सुजन अधिकारी, लीला मास्कि राना, शोभा खनाल कोइराला र भूमिका तिमिल्सिना चयन भएका हुन् । लेखा सुपरीवेक्षण समिति संयोजकमा विष्णुमाया पन्थी, सदस्यमा मिनाकुमारी खनाल र भानुभक्त सापकोटा रहेका छन् ।

निर्वाचन समिति संयोजक गोविन्दराज विनोदीको अध्यक्षतामा भएको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रममा गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, कार्यपालिका सदस्य शान्ति न्यौपाने, निवर्तमान अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो । 

निर्वाचन समिति सदस्यमा गोविन्द रिमाल र कृष्णचन्द्र चालिसे रहेका थिए ।