लैङ्गिक हिँसा अन्त्यका लागि नैतिक शिक्षाको आवश्यक छ ः सरोकारवाला 

२०८० मङ्सिर २४ आइतबार १३:५६:०० मा प्रकाशित


गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले हिंसा नगर्न र भएको देखेमा त्यसलाई कानुनी प्रकृयामा ल्याउन आग्रह गर्नुभएको छ ।

आइतबार लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान समापन भएको छ । सोही अवसरमा सामुदायिक वन स्थानीय महासंघ गैँडाकोटले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले पुरुषको तुलनामा महिला बढि हिँसामा पर्ने गरेको बताउदै हिँसा नसहन महिला दिदिबहीनीलाई सुझाब दिनुभएको छ ।

लौङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने नारा सहित सामुदायिक वन स्थानीय महासंघले कार्यक्रमको आयोजना गरेको हो ।

गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले हरेक कुराको परिर्वतनको सुरुवात आफैबाट गर्नुपर्ने बताउँदै, लौङ्गिक हिंसा अन्त्यको लागि पनि व्यक्ति आफै सजग हुनुपर्ने बताउनुभयो । 

आइतबार गैँडाकोट नगरपालिकाको परिसरमा भएको कार्यक्रममा बोल्दै सामुदायिक वन स्थानीय महासंघका अध्यक्ष निर्मला कंडेलले हरेक किसिमको हिंसाको अन्त्यका लागि शिक्षाको आवश्यकता पर्ने बताउँदै शिक्षा र रोजगारीमा जोड दिनुपर्ने बताउनुभयो । शैक्षिक रुपमा सबल र आर्थिक रुपमा पनि समाज बलियो भएमा हिंसा कम हुने उहाँको भनाई छ । 

त्यस्तै सामुदायिक वन स्थानीय महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले हिँसाको जड घर भित्र नै रहेकाले यसको अन्त्य पनि घर भित्रबाट हुनु पर्ने बताउनुभएको छ । 

सामुदायिक वन स्थानीय महासँघ गैँडाकोटका सचिव हिरालाल सापकोटाले सँचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष कमला शर्माले राख्नुभएको थियो ।

मंसिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर २४ गते अर्थात आइतबारबाट सकिएको छ ।