राप्ती खोलामा डुबेर एक जनाको मृत्यु

२०८० मङ्सिर २४ आइतबार ०८:१७:०० मा प्रकाशित

भरतपुर । चितवनको राप्ती खोलामा डुबेर एक जनाको मृत्यु छ । 

भरतपुर २८ सालवास वस्ने बर्ष २७ को किरण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

राप्ती खोलामा डुवि रहेको अवस्थामा स्थानीय डुङ्गा चलाउने व्यक्तिले देखी इलाका प्रहरी कार्यालय दिव्यनगरको सहायतामा उद्दार गरी थप उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाएकोमा शनिबार साँझ साढे ५ बजे मृत घोषणा गरेको थियो । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।