खैरहनीमा मानिसको खप्पर र हड्डी फेला
फाइल तस्विर
चितवन । चितवन खैरहनी नगरपालिका ४ नवकंकाली टोल कयर खोला स्थित बगरमा मानिसको खप्पर र हड्डी फेला परेको छ ।
स्थानिय महिलाले घाँस काट्न जाने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी चैनपुरबाट गएका मुचुल्का सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरेको छ । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।