काफ्लेलाई चिसाप लीला नर्मदा साहित्य पुरस्कार

२०८० कार्तिक २७ सोमबार १२:५७:०० मा प्रकाशित

चितवन । ११५औं  महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा सोमबार चितवन साहित्य परिषदले स्रष्टा सम्मान तथा विविध साहित्यिक कार्यक्रम नारायणगढमा सम्पन्न गरेको छ ।

कार्यक्रममा स्रष्टा मणि काफ्लेलाई चिसाप लीला नर्मदा साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सम्पन्न भएको हो । वरिष्ठ साहित्यकार चूडामणि बन्धुको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा दर्जनौं साहित्यकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा महाकविको व्यक्तित्व र कृतित्वमाथि साहित्यकार गायत्री श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।

सोही अवसरमा संस्थाको मुखपत्र वागीश्वरीको ३०औं अङ्क विमोचन गरिएको थियोे । विभित्र साहित्यकारका तर्फबाट आआफ्ना रचना पाठका साथमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गरिएको थियो । कार्यक्रममा भाषासेवी मुक्तिनाथ घिमिरे, श्रीभक्त अच्युत वाग्ले, नारायणप्रसाद खनाल, धनिश्वर भट्टराई, सुरेन्द्र अस्तफललगायत दर्जनौं स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

संस्थाका सचिव शान्ति शर्माको सहजीकरण रहेको सो कार्यक्रममा उपाध्यक्ष गणेश श्रमणको स्वागत मन्तव्य रहेको थियो ।