कवि गणेश लाठका कविता गैंडाकोटमा गुन्जीयो

गैँडाकोट । मंगलबार नेपाली लेखकसंघ चितवनको आयोजनामा गैंडाकोटको नारायणी रिसोर्टमा कवि गणेश लाठले १२ वटा फरक फरक कविता सुनाउनुभयो ।
आमा शिर्षक को कविता बाट वाचन गरेका कविले अन्त्यमा बजार कविता बाट टुङ्गाउनुभयो ।
हिन्दी ,माडवारी र नेपाली भाषामा कविता रच्ने कवि लाठले आफ्ना कवितामा पारिवारिक सम्बन्धका अन्तरदोन्द्व, खुशीको सापेक्षता तथा ब्यापारीका पीडा लाई समेट्नु भएको छ ।
निमेष निखिलले लाठका कविता माथी समालोचना गर्ने क्रममा रचनाकार कवितात्मक लेखन भन्दा पनि आख्यानको क्षेत्रमा जमेका ब्याक्ती को रुपमा प्रस्तुत गनुभएको थियो।
कवि निमेष लाठका हिन्दी कवितालाई नेपालीमा उल्थागर्ने कवि पनि हुनुहुन्छ उहाँका अनुसार कवि लाठ काव्य चेत भएका कवि हुनुहुन्छ ।
उहाँले कविलाई बिम्ब लाई शशक्तसगं प्रयोग गर्न सक्ने कविका रुपमा प्रस्तुत गर्नुभएको थियो ।
करिव चालीस जना कविता पारखीको उपस्तिथि रहेको कविता साझ कार्यक्रम चितवन लेखक संघका अध्यक्ष सुरेन्द्र असफलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सम्पुर्ण कितावका निर्देशक लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।