आख्यानकार अञ्जना पौडेलको उपन्यास चरिमाईको अन्तर्क्रिया

आख्यानकार अञ्जना पौडेलको उपन्यास चरिमाईको अन्तर्क्रिया शुक्रबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा सम्पन्न गरिएको छ।
कार्यक्रममा शान्ति शर्मा र गणेश श्रमणले समीक्षात्मक टिप्पणी राखेका थिए। पुस्तकमाथि टिप्पणी राख्दै समीक्षक श्रमणले चरिमाई नारी चेतनामुलक उपन्यास भएको बताए । ञबेचिएकी नारीको जीवनचरित्रलाई काव्यिक ढंगमा सरल र आन्चलिकता भाषामा उतार्न लेखिका सफल भएकी छन् । आफ्नै दिदीबहिनी, छोरीचेली बेच्ने कुरुप पुरुष पात्रको कथालाई उपन्यासमा उतारिएको उनले बताए । नारी बिद्रोहको आवाजको रूपमा पनि यो उपन्यास आएको श्रमणले बताए ।
अर्का समीक्षक शर्माले चरिमाई उपन्यासमा चेलीबेटी बेचबिखन कसरी विकसित भयो र राजधानीको निकट भएरपनी सिन्धुपाल्चोक धादिङ मकवानपुरमा रहेका तामाङ जातिलाई सभ्रान्त परिवारबाट कसरी शोषण गरिएको रहेछ भन्ने तितो यथार्थतामा लेखिका सशक्त रुपमा प्रस्तुत भएको बताइन् ।
कार्यक्रममा उदय अधिकारी, केदारनाथ खनाल, बालकृष्ण थपलिया, अनन्त ढुंगाना, सुरेन्द्र अस्तफल, धर्म सापकोटा राजुले पुस्तकले समेटेको विषयवस्तुको चर्चा गर्दै लेखकलाई केही जिज्ञासा पनि राखेका थिए ।
जिज्ञासाको समाधान गर्दै आख्यानकारले नुवाकोट र त्यस वरपरका गाउँवस्ती अवलोकनका क्रममा अनुसन्धानको क्रममा पाइएका र देखेका कुरालाई उपन्यासको कथा बनाएको हुनाले ८० प्रतिशात यथार्थ र बीस प्रतिशात रसिक बनाउदा शब्दहरू प्रयोग गरिएको लेखक पौडेलले बताइन् ।
नेपाली लेखक संघ चितवन शाखाले कार्यक्रम आयोजना गरेको हो । अध्यक्ष सुरेन्द्र अस्तफलले अध्यक्षता गरेको कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए । इण्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य ४४९ रुपैयाँ छ । बैशाख बाट बिक्रीवितरण भएको उपन्यासको पहिलो संस्करणको अब केही प्रती मात्र बाकी रहेको प्रकासकलाइ उधृत गर्दै लेखिकाले बताइन। लेखिका पौडेल मानवशास्त्रमा विद्यावारिधि गरिरहेकी प्राध्यापक हुन् ।