स्याङ्जामा चितुवाको आक्रमणबाट एक जना घाइते

२०८२ जेठ १३ मंगलबार १७:०८:०० मा प्रकाशित

स्याङ्जा । स्याङ्जामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्याङ्जाको वालिङ नगरपालिका ११ तल्लो पेखुका ४५ वर्षका मुक्त बहादुर थापा रहेका छन् । घर नजिकै कुखुराको खोरमा चितुवा पसेको हेर्न गएका थापालाई अचानक चितुवाले आक्रमण गरेको स्थानीयले बत्ताएका छन् । घाइते भएका थापाको टाउको तथा हातमा चोट लागेको छ ।


चितुवाको आक्रमणबाट घाइते भएका थापालाई वालिङ स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा पटाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

सो क्षेत्रमा दिनहुँ जसो चितुवाले पशु चौपायालाई आक्रमण गदै आएको स्थानीयले बत्ताएका छन् ।