गैँडाकोट इङ्गलिस स्कुलमा विद्यार्थी र लेखक शाक्यबिच अन्तरक्रिया
गँैडाकोट । सोच, खोज पुस्तकका लेखक, पर्यटन व्यवसायी एवं वातावरणविद् कर्ण शाक्यसँग गैँडाकोट इङ्गलिस स्कुलमा विद्यार्थीले अन्तरक्र्रिया गरेका छन् । विद्यार्थीलाई आत्मबल बढाउन र जस्तो परिस्थिति आए पनि सकारात्मक सोचका साथ अघि बढ्न लेखक, पर्यटन व्यवसायी एवं वातावरणविद् कर्ण शाक्यले आग्रह गर्नुभएको छ । जिवन आफैसँग प्रतिस्पर्धा गर्ने र देश र समाजका लागि केही गर्नुपर्छ भन्ने भावना राखेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभएको छ । आफुले पनि जिवनमा धेरै संघर्ष गरेकाले मिहेनत र लक्ष्य प्राप्तीका लागि सपना देख्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।
यस्तै अर्का उत्प्रेरक व्यक्तित्व एवं शैक्षिक व्यक्तित्व जोस बी निरौलाले सफलताका लागि मेहनती बन्न आग्रह गर्नुभयो । शिक्षक, अभिभावकका कुरा मनन गर्दै डरलाई जितेर अघि बढ्ने व्यक्ति नै सफल हुने उहाँले बताउनुभएको छ ।
ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान गैँडाकोटका अध्यक्ष नारायणप्रसाद तिवारीले ज्येष्ठ नागरिकको अनुभव र ज्ञानबाट अहिलेका पुस्ताले धेरै कुरा सिक्न सक्ने बताउँदै गैँडाकोटमा सकारात्मक सोचका धनी, लेखक, क्यान्सर अस्पताल चितवनका अवधारणाकार कर्ण शाक्यलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
गैँडाकोट इङ्ग्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले लेखक शाक्यका सघर्ष र सफलताका कुरा विद्यार्थीलाई विद्यालयमा प्रत्यक्ष रुपमा सुनाउन पाउँदा खुसी लागेको बताउनुभयो । यसले विद्यार्थी मेहनेत गर्न उर्जा मिल्ने उहाँको भनाई छ ।
कार्यक्रममा गैँडाकोट नगर शिक्षा समिति सदस्य विष्णुमाया पन्थीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका सह प्राचार्य नवराज कँडेलले गर्नुभएको थियो । सो कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।