श्रीमद् रामानुज वेद विद्याश्रम गैँडाकोटको नयाँ सञ्चालक समिति गठन 

२०८० भदौ ३० शनिबार १७:५०:०० मा प्रकाशित

गैँडाकोट । श्रीमद् रामानुज वेद विद्याश्रम शैक्षिक गुठीको नवौं वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन केशवप्रसाद सापकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गर्दै शनिवार सम्पन्न भएको छ ।

समितिको सचिवमा जगन्नाथ उपाध्याय, कोषाध्यक्षमा कृष्ण प्रपन्न गौतम, सदस्यमा स्वामी श्यामकृष्णाचार्य, टिकाराम कंडेल, गोविन्द प्रसाद पौडेल, पुरुषोत्तम कंडेल, यशोदा सापकोटा, वेदप्रसाद आचार्य, श्रीधर उपाध्याय र टिकाराम कंडेल ९माधव० सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

कार्यक्रममा संस्थाका सचिव जगन्नाथ उपाध्यायले शैक्षिक गुठीको प्रगति प्रतिवेदन तथा भावि कार्यक्रम बारेमा प्रकाश पार्नु भएको थियो । कोषाध्यक्ष कृष्ण प्रपन्न गौतमले आर्थिक प्रतिवेदन तथा आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । प्रधानाध्यापक दामोदर सापकोटाले विद्यालयको प्रतिवेदन पेश गर्नु भएको थियो । 

श्रीवैष्णव परिषद नेपालका केन्द्रीय अध्यक्ष स्वामी देवराजाचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा श्रीवैष्णव युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मणाचार्य स्वामीजी, श्रीमद् रामानुज वेदविद्याश्रमका पूर्व अध्यक्ष श्यामकृष्णाचार्य स्वामीजी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम श्रीमद् रामानुज शैक्षिक गुठीका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।