गैँडाकोट २ स्थित छहारी टोल विकास संस्थामा नयाँ नेतृत्व

२०८० जेठ २१ आइतबार ०७:१९:०० मा प्रकाशित

गैँडाकोट । गैंडाकोट २ स्थित छहारी टोल विकास संस्थाको वार्षिक साधारणसभा एवं दोश्रो अधिबेशनले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । 

नव गठित १३ सदस्यीय कार्यसमितिको अध्यक्षमा ढक प्रसाद कँुवर चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा टीका भुसाल ‘सिर्जना’, सचिवमा उत्तम प्रधान, कोषाध्यक्ष सरिता घिमिरे रेग्मी, सह–सचिवमा विष्णुप्रसाद खराल रहनुभएको छ । सदस्यहरुमा हरिहर गौतम, सीता सिग्देल, शिव पौडेल, सृजना सुनार, भगवती भुसाल, मानबहादुर थापा, दिलमाया थापा र दुर्गा सुवेदी रहेका छन् ।

शनिवार मनकामना आमा समुहको सभाहलमा भएको साधारण सभा कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश सापकोटाले वडाको विकासमा जनप्रतिनिधिलाई साथ दिन वडाबासीलाई आग्रह गर्नुभएको थियो । सभ्य वडा निर्माणमा टोलबासीको भूमिका अह्म हुने बताउँदै टोलमा आवश्यक कार्यका लागि सहजिकरण गरिने बताउनुभयो । 

संस्थाका अध्यक्ष पूर्ण चन्द पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्यहरु खगराज आचार्य, साकिला परियार, सीता श्रेष्ठ, विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै भागिरथी सुबेदी, गिता ढकाल, विष्णु अर्याल, सावित्री काÇले, सूर्य प्रसाद घिमिरे, नेत्र प्रसाद सुबेदी, उत्तम प्रधान, विमला प्याकुरेल, टीका भुसाल लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा टोलमा रहेका जेष्ठ नागरिकहरुलाइ सम्मान सहित टेक्ने लौरो प्रदान गरिएको थियो ।

कार्यक्रममा वार्षिक प्रगति विवरण र आगामी वर्षका लागि प्रस्तावित कार्यक्रम गिता भट्टराईले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव तुलसी प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।