नेपालमा एक लाख दुई हजार ५६१ ले अंग्रेजी बोल्छन्, कुन भाषा बोल्ने कति ?

२०८० जेठ २० शनिबार १२:३४:०० मा प्रकाशित

काठमाडौं । नेपालमा बोलिने मातृभाषा १२४ छन् । तथ्यांक कार्यालयका अनुसार नेपालमा मातृभाषाबाहेक दोस्रो भाषा बोल्नेहरूको संख्या पनि ठूलो छ । 

कार्यालयका अनुसार एक करोड ४० लाख तीन हजार ८६ जनाले मातृभाषाबाहेक दोस्रो भाषा बोल्दैनन् । जुन कुल जनसंख्याको ४८.०८ प्रतिशत हो । 

यसबाहेक एक करोड ३४ लाख ८२ हजार ९०४ ले दोस्रो भाषाका रूपमा नेपाली भाषा बोल्छन् । जुन कूल जनसंख्याको ४६.२३ प्रतिशत हो । 

नेपालमा नेपाली मातृ भाषा बोल्नेको संख्या भने एक करोड ३० लाख चार हजार ४५७ जनाको मातृभाषा नेपाली रहेको छ । जुन कूल जनसंख्याको ४४.८६ प्रतिशत हो । 

नेपालीपछि धेरै ०.९२ प्रतिशतले दोस्रो भाषाका रूपमा मैथिली बोल्छन् ।

नेपालमा हिन्दी बोल्नेको संख्या दुई लाख २३ हजार १०६ छ भने एक लाख दुई हजार ५६१ ले अंग्रेजी भाषा बोल्छन् । 

हेर्नुहोस् दोस्रो भाषा बोल्नेहरूको सूची