जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने उपराष्ट्रपति काे सुझाव

२०८२ बैशाख २७ शनिबार २०:१८:०० मा प्रकाशित

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर सङ्कट भएको बताउनुभएको छ । साथै उहाँले जलवायु सङ्कट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मडियाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

 

“जलवायु परिवर्तन र त्यसको प्रभाव घटाउन पत्रकारहरुको सक्रियता आवश्यक छ । सत्यतथ्यमा आधारित समाचार सामग्रीहरुको उत्पादन गर्दै जनचेतना फैलाउने, नीति निर्मातालाई उत्तरदायी बनाउने, नवीन प्रविधिको प्रयोग तथा समस्या समाधानका उपायका साथ मिडिया प्रस्तुत पर्नेमा जाेडदिनुभयाे ।,” जलवायु परिवर्तन रोकथामका सरकारी प्रयासहरुमाथि निगरानी बढाउने, वातावरणमैत्री प्रविधि, हरित ऊर्जा तथा दिगो विकाससम्बन्धी जानकारी आमनागरिकसम्म सरल भाषामा पस्कन उपराष्ट्रपतिले पत्रकारहरुलाई सुझाव दिनुभयो ।