गैंडाकोट वडा नं ५ ले गर्यो एक दिवसीय स्वास्थ्य सचेतनामूलक कार्यक्रम

२०८२ बैशाख २८ आइतबार १२:०३:०० मा प्रकाशित

गैंडाकोट ।  खानपानमा ध्यान दिऔं स्वच्छ जीवनशैली अपनाऔं भन्ने उद्धेश्यले गैँडाकोटमा शनिबार गैंडाकोट नगरपालिका वडा नं ५ को आयोजनामा एक दिवसीय स्वास्थ्य सचेतनामूलक कार्यक्रम भएको छ । उक्त कार्यक्रम गैंडाकोट ५ स्थित जनक नमुना मा.वि को सभाहलमा भएको हो ।

वायो प्लसका डाइरेक्टर एबम् डाइट थेरापिष्ट कृष्ण रिजालले पोषण र जीवनशैली सुधारका विषयमा मार्गदर्शन गराउनुभयो । साथै, उहाँले सन्तुलित आहारको महत्व, स्थानीय खाद्य पदार्थको प्रयोग, व्यक्तिगत परामर्शको आवश्यकताको बारेमा प्रशिक्षण गराउनुभयो ।

 
कार्यक्रममा गैंडाकोट वडा नं ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले आफ्ना वडाबासीहरुलाई रोग लाग्न नदिनका लागी वा रोग कम गर्नका लागी बिना औषधी कसरी आफ्नो खानपान र जीवनशैलीमा ध्यान दिने भन्ने बारेमा जानकारी गराउनका लागी वडा स्वास्थ्य सचेतना कार्यक्रम गरेको बताउनुभयो । साथै उहाँले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य सम्बन्धी जागरुकता बढाउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । 

 

वडा सदस्य उषा परियारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वडा सदस्य एबम् कार्यपालिका सदस्य शान्ती न्यौपानेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा गैंडाकोट ५ का जनप्रतिनिधी, जनक नमूना मा।विका प्राध्यानाध्यापक चुडामणी कंडेल,वडाबासी, सामाजिक व्यक्तित्व लगायतको उपस्थिती रहेको थियो ।