कावासोतिमा नगर प्रमुखको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी

२०८० जेठ १९ शुक्रबार १७:२९:०० मा प्रकाशित

पुर्बी नवलपरासीको कावासोती नगरपालिकामा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । जेठ ८ गते देखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएको संघले नगरपालिकाले बेवास्ता गरेको भन्दै नगर प्रमुख बिष्णु प्रसाद भुसालको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

नेपाल विद्यार्थी संघ कावासोती नगर समितिमा सभापती कुमार क्षेत्री र प्रबक्ता पवन भुर्तेलले बिज्ञप्ति जारी गर्दै तालाबन्दी गरेका हुन । माध्यमिक तह सम्मको शिक्षा निसुल्क हुनु पर्ने मागसहित धर्ना र अनसनमा बस्दा समेत बेवास्था गरिएको भन्दै विद्यार्थीले तालाबन्दी गरेको नेबिसंघका पुर्ब केन्द्रीय सदस्य आरसी भट्टराईले बताए ।

आगामी आर्थिक बर्षको बजेटमा जिल्लाको ८ वटै स्थानीय तहमा नेबिसंघले बिज्ञप्ती र ज्ञापन पत्र बुझाउदै छ । बार्ता मार्फत उचित माग सम्बोधन गरिने नगरपालिकाले जनाएको छ ।