दीपकराजको प्रहार भुवनलाई !

२०८० जेठ १८ बिहीबार १६:३७:०० मा प्रकाशित

काठमाडौं– चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी र फिल्मकर्मी दीपकराज गिरीबीच शीत युद्ध चलेको लामै समय भयो ।
अझ भुवनका छोरा अनमोल केसी अभिनित फिल्म ‘छड्के दुई’ संग ‘छक्का पञ्जा’ सीरीजको पछिल्लो फिल्म जुधेर सफलता पाएपछि त ओहो, हेर्न लायक युद्ध देखिन्छ ।
यस पटकको बजेटमा फिल्म क्षेत्रलाई राम्रोसंग समेट्न नसकेको धेरै फिल्मकर्मीको गुनासो छ । यस्तोमा दीपकराजले पुनः भुवनलाई प्रहार गरेका छन् ।
सामाजिक सन्जालमा उनी लेख्छन् – ‘सरकारले चलचित्र क्षेत्रलाई केहि दिएन रे, लौ पोहोरै दिएको होइन विकास बोर्डको नयाँ अध्यक्ष, अरू कति खोज्या ?’
हुन त उनको कुरो पनि गलत नै त होइन है ।