युवालाई सिप सिकाउदैँ बिकू बचत 

२०८० जेठ १७ बुधबार २०:००:०० मा प्रकाशित


गैँडाकोट । बिकु बचत तथा ऋण सहकारी संस्थाले एक महिनासम्म संचालन गरेको तालिम बुधबार समापन भएको छ । विकूले सदस्यहरुलाई एक महिनासम्म ब्यूटिसियन, वेटर÷ वेट्रेश र मोवाइल फोन मर्मत सम्बन्धि तालिम दिएको थियो । 

तालिममा लुम्बिनी पोलिटेक्निक इन्स्टिच्यस्ट प्रा.ली कपिलवस्तुको प्राविधिक सहकार्य रहेको थियो ।  १४० जना सहभागि तालिममा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखरा कास्कीको सहकार्य रहेको थियो । 

गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको छ । युवालाई सीप र बालबालिकालाई संस्कार सिकाउने उद्देश्यले बिकुले कार्यक्रम संचालन गर्दै आएको छ । 

विकुका सचिव प्रेम सापकोटा राजुले सदस्यलाई गरिवीको रेखाबाट माथि उठाउन उद्योगको स्थापना गर्ने उद्देश्य लिएको बताउनुभएको छ । विकु बचतका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलल  विकूले सीप सिकाउने मात्र नभई सिकेको सीपलाई व्यवहारमा लागू गर्न, लगानी र बजार व्यवस्थापनमा पनि सहयोग गर्ने बताउनुभयो । 

लुम्बिनी पोलिटेक्निक इन्स्टिच्यस्ट प्रा.लि का प्रबन्ध निर्देशक अरुण अर्यालले आगामी दिनमा पनि सीप विकासका कार्यक्रमहरु संचालन गरिने बताउनुभएको छ । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुलाई विकूका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत गर्नुभएको थियो । 

एक महिनासम्म विभिन्न सीप आर्जन गरेपछि उद्यमशील बन्न प्रेरणा मिलेको सहभागीहरुले बताएका छन् । 

एक महिनासम्म मोवाइल फोन मर्मत सम्बन्धि तालिम लिएपछि मध्यविन्दु ९ की धनकुमारी गौतम पौडेलमा छुट्टै उर्जा मिलेको छ । फोनमा सामान्य समस्या देखिदा पनि मोबाइल मर्मत पसलमा धाउने गौतमलाई अब अरुको बिग्रिएकोे फोन पनि आफैले बनाइदिन सक्छु भन्ने लागेको छ । 
    
युवालाई उद्यमशील बनाउने उद्देश्यले बिकु सहकारी संस्थाले बैशाख ११ गतेदेखी जेठ १२ गतेसम्म ब्यूटिसियन, वेटर÷ वेट्रेश र मोवाइल फोन मर्मत सम्बन्धि तालिम दिएको थियो ।  देवचुली १३ का नवराज ढकालको आफ्नै मोबाइल पसल छ । तर मोबाइल मर्मत गर्ने सीप भने उहाँमा थिएन अहिले विकूले प्रदान गरेको तालिममा सहभागि भएपछि उहाँले छोटो समयमै सीपलाई सदुपयोग गरेर आम्दानी पनि गर्नुभएको छ । 

पहिलो चरणको ब्यूटिसियन तालिम लिनका लागि पनि कम्तिमा ८ देखी १० हजारसम्म खर्च लाग्छ तर निःशुल्क रुपमा यो सिप सिक्न पाउँदा गैँडाकोट १२ की बसन्ती कोइरालालाई खुशी लागेको छ । विना शुल्क सीप सिक्न पाउँदा उहाँमा छुट्टै उर्जा थपिएको छ । 

खाली समयको सदुपयोग गर्दै सीप सिक्न पाउँदा गैँडाकोट १४ की  सन्तोषी सापकोटा पनि निकै खुशी हुनुहुन्छ अब यो सिकेको सिपलाई व्यवहारमा लागु गर्दै आर्थिक आम्दानी गर्ने सपना उहाँले देख्नुभएको छ । 

सीपलाई व्यवहारमा लागू गर्न पनि सहयोग गर्ने संस्थाले जनाएको छ । आर्थिक रुपमा र बजारीकरणमा पनि बिकूले सहयोग गर्ने बताउनुहुन्छ संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटा । 
आवाज..
बिकु बचतले संचालन गरेको तालिम मध्य ब्यूटिसियन तालिममा ९० जना, वेटर÷ वेट्रेशमा २५ जना र मोवाइल फोन मर्मत सम्बन्धि तालिममा २५ जनाको सहभागीता रहेको थियो । सिप सिक्न पाउदाँ सहभागी निकै उत्साहित बनेका छन् । सिकेको सिपलाई व्यवहारमा लागु गरेमा यो तालिमले उद्यमी बन्न सहयोगि बन्छ ।