नमुना शिवनगर खानेपानीको अध्यक्षमा २ जनाको उम्मेदवारी (सूचिसहित)

गैँडाकोट । नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोटको अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि संस्थाका पूर्व अध्यक्ष विष्णुप्रसाद सापकोटा र सचिव जयराम कँडेलको उम्मेदवारी परेको हो ।
त्यस्तै उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा लक्ष्मी विक, जोगमाया सुनारी मगर र हरिमाया सापकोटाको उम्मेदवारी परेका छ ।
त्यस्तै सचिवमा ४ जनाको उम्मेदवारी परेको छ । सचिवमा दुर्गाप्रसाद सापकोटा, प्रकाश भुषाल, कुशल अधिकारी र तेजेन्द्र चालिसेको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा लक्ष्मीप्रसाद कंडेल, नेत्रराज सापकोटा र गोविन्दप्रसाद सापकोटाको उम्मेदवारी परेको छ ।
सह सचिवमा ४ जनाको उम्मेदवारी छ । सह सचिवमा उत्तमप्रसाद बकावल, लक्ष्मीप्रसाद चौधरी, जङ्गबहादुर थापामगर र विमल शर्माको उम्मेदवारी परेको हो ।
८ सदस्य पदका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
लेखा समिति संयोजकमा ईन्द्रमणी चालिसे र ईश्वरीप्रसाद चापागाईंको उम्मेदवारी परेको छ । २ लेखा सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यक्रम अन्तगर्त १७ गते ५ बजे दावि विरोध उपर छानबिन र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, २७ गते बिहान १० बजेदेखी ३ बजेसम्म मतदान, २७ गते नै ५ बजेदेखी मतगणना र २८ गते निर्वाचन परिणाम घोषणा र शपथ ग्रहणको कार्यक्रम तय गरिएको निर्वाचन समिति संयोजक छत्रराज पौडेलले जानकारी दिनुभयो ।