बजेट ः २०८०–०८१, नवलपुरको धौवादी फलाम खानीको सर्वेक्षण र उत्खनन अघि बढाइने 

२०८० जेठ १५ सोमबार १७:३७:०० मा प्रकाशित


गैँडाकोट 
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०–०८१ को संसदमा बजेट प्रस्तुत गर्दै नवलपरासीको धौवादी फलाम खानी लगायत देशका बिभिन्न स्थानका खानी उत्खनन कार्य अगाडी बढाइने बताउनुभयो । उहाँले धौवादी फलाम खानीको सर्वेक्षण, विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मुल्याङ्कन लगायतका काम गरिने बताउनुभयो । 
उहाँले चितवनको शक्तिखोर देशका बिभिन्न स्थानका औधोगिक क्षेत्रका लागि रुख कटान र डिपीआर निर्माणका लागि ३३ करोड वजेट विनियोजन गरिएको बताउनुभएको छ । 
औधोगिक ग्राम निर्माणका लागि ४१ करोड बजेट विनियोजन गरेको अर्थमन्त्रि महतको भनाई छ । परम्परासिपको पुस्तान्तरण गर्न तालिम दिइने बताउनुभयो ।