नितेश बाबु स्मृति प्रतिष्ठान गैँडाकोटद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ११९ जनाले गरे रक्तदान
गैँडाकोट । नितेश बाबु स्मृति प्रतिष्ठान गैँडाकोटको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गैँडाकोट आदर्श उपशाखा, रोटरी क्लब अफ गैँडाकोट, लायन्स क्लब अफ बागेश्वरी डाइनामिक, मौलाकाली समाज केन्द्र र सरस्वती निकेतन आ.मा.वि.को सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ३३ जना महिला र ८६ जना पुरुष गरी कुल ११९ जनाले रक्तदान गरेका छन् । सो कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथिका रूपमा रहनुभएको थियो ।
यस्तै, उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी गैँडाकोट आदर्श उपशाखालाई आयोजक तथा सह–आयोजक संस्थाहरूको तर्फबाट ३५ थान कुर्सी प्रदान गरिएको गैँडाकोट रेडक्रस उपशाखाका सभापति उमाकान्त सापकोटाले जानकारी दिनुभयो ।