कृषि उत्पादन साथमा अनुदान हातमा ः अर्थमन्त्री महत 

२०८० जेठ १५ सोमबार १७:१५:०० मा प्रकाशित


गैँडाकोट । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०–०८१ को संसदमा बजेट प्रस्तुत गर्दे उत्पादन साथमा अनुदान हातमा कार्यक्रम ल्याइएको बताउनुभयो । कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने कृषिमा प्रदान गरिदै आएको अनुदान सदुपयोग हुने विश्वास गरेको महतले बताउनुभयो । प्रधानमन्त्रि कृषि आधुनिकिकरणका लागि ३ अर्व २२ करोड विनियोजन  गरेको बताउँदै उहाँले परम्परागत रैथाने बालीको विउ संरक्षण गरिने र मार्सी कागिनो, कोदो, फापरको प्रर्बद्धन र व्यापार गर्ने बताउनुभयो । 
रसायनिक मल खरिद प्रक्रियामा चुस्त दुरुस्त मनाइने कारखाना स्थापना गर्न विस्तृत अध्ययन परियोजना बनाइने, धान, आलु खेती विस्तार गरिने, प्राङगरिक कृषि उत्पादनमा जोड  र सहयोग नमुनाको रुपमा प्राकृतिक खेति सुरु गर्ने अर्थमन्त्री महतले बताउनुभयो साथै उहाँले प्राकृतिक खेति प्रमाणीकरण र बा्रण्ड बनाइने बताउनुभयो । माटो परक्ष्णलाई जोड दिने अर्थमन्त्री महतले बताउनुभयो ।