अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म खेल्न चाहन्छु

२०८० जेठ १४ आइतबार १३:४१:०० मा प्रकाशित

अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहली बलिउडको रुचाइएको जोडीमा पर्दछन् ।  अहिले अनुष्का फिल्मभन्दा बढी ब्राण्ड प्रमोसनदेखि सम्झौतामा व्यस्त छिन् ।
उनले हालैमात्र भारतीय बलर झुलन गोस्वामीको बायोपिकको काम सकिन् । केही दिनअघिमात्र विराट र अनुष्का बेङ्लोरको पुमाको एक कार्यक्रममा देखिए । जहाँ अनुष्काले विराट र छोरी भामिकासँगै आफ्नो आगामी जीवन र करियरको बारेमा खुलेर कुरा गरिन् ।
‘भामिकाको उमेर बढी आमासँग बस्ने उमेर हो । भामिकाका लागि विराट आदर्शवान् पिता हुन् । अहिलेको अवस्थामा भामिकालाई विराटको भन्दा पनि मेरो बढी आवश्यकता छ । त्यही कारण अब म भामिकाकै लागि वर्षमा एउटा मात्र फिल्म गर्न चाहन्छु’, अनुष्का भन्छिन्, ‘अभिनय र परिवारलाई सन्तुलनमा राख्न मैले यो निर्णय लिएकी हुँ । भामिकाका लागि मेरो उपस्थिति र नेतृत्व अनिवार्य भइसकेको छ ।’