अर्विट स्कुलमा विद्यार्थीसँग जनप्रतिनिधि

२०८० जेठ १४ आइतबार ०७:१५:०० मा प्रकाशित

भरतपुर । अर्विट युनिक इङ्गलिस स्कुल भरतपुर ५ विकासचोकमा गणतन्त्र दिवशको पूर्व सन्ध्यामा विद्यार्थीहरुलाई गणतन्त्रको महत्त्व बुझाउने उद्देश्यले विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरेको छ । अन्तरक्रियाका लागि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष युद्घप्रसाद श्रेष्ठ पुग्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका उपप्रमुख चित्रसेन अधिकारीले नेपालमा गणतान्त्रिक व्यवस्थाको स्थापना, महत्त्व र सुदृढीकरणँंग सम्वन्धित विद्यार्थीका जिज्ञाशाहरुको निवारण गर्दै विद्यालयले आयोजना गरेको यस प्रकारका कार्यक्रमहरुले विद्यालय, विद्यार्थी, जनप्रतिनिधि र राज्य व्यवस्थाबीचको सम्वन्ध सुदृढ बनाउन सघाउने भन्दै कार्यक्रम आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष युद्घप्रसाद श्रेष्ठले समुदायसँग हातेमालो गर्दै अघि बढेको यस क्षेत्रको अर्बिट स्कुलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । 

विद्यालयका प्रचार्य एवम् कार्यक्रमका सभापति रामप्रसाद अधिकारीले अर्बिट स्कुल चितवनमा एउटा दृढ इच्छा शक्ति सहित पूर्ववतरुपमा सञ्चालित विज्ञान तथा व्यवस्थापन विषयको अलवा यस वर्षदेखि कक्षा ११ मा होटल म्यानेजमेन्ट, फेसन डिजाइनिङ, कानुन तथा इन्टेरियर डिजाइनिङका कक्षाहरु सञ्चालन गरिने बताउनुभयो । साथै उहाँले आगामी दिनहरुमा पनि समुदायसँग अझ बढी सहकार्य एवम् हातेमालो गरेर अन्य कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै विद्यालयका इन्चार्ज नारायण गौतमले विद्यार्थीहरुलाई गणतन्त्रको महत्त्व बुझाउने उद्देश्यले विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा विद्यालयका अध्यक्ष दिपेन्द्रराज ढकाल, राष्ट्रिय जेसिसका पूर्व अध्यक्ष अरुणेश्वर खनाल र शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र अधिकारीले सम्बोधन गर्नुभएको थियो । विद्यालयका +२ संयोजक देवीप्रसाद बन्जराले सहजीकरण गर्नुभएको कार्यक्रममा २५० वढी विद्यार्थी एवं शिक्षकहरुको सहभागिता रहेको थियो ।