महिला दिदिबहीनहरु भन्छन्, वाक कला जिवन जिउने कला रहेछ

२०८० जेठ १२ शुक्रबार १९:००:०० मा प्रकाशित


गैँडाकोट । व्यक्तित्व विकासका लागि बोल्ने कला सबैभन्दा महत्वपूर्ण रहेको गैँडाकोट १६ का महिलाहरुले बताएका छन् । शुक्रबारदेखि सुरु भएको उद्घोषण तालिममा उनिहरुले बोल्ने कला भनेको बोल्न सक्ने मात्र नभइ जिवन जिउने कला भएको बताएका छन् । 


जीवनका हरेक मोडमा आवश्यक पर्ने वाक कला सामाजिक छवि निर्माणका लागि अघि बढेका सबैमा झन् बढी आवश्यक भएको गँैडाकोट नगरकार्यपालिका सदस्य तथा गैँडाकोट १६ वडा सदस्य सरिता देवि दर्जिले बताउनुभयो । महिला दिदिबहिनीहरुको क्षमता विकासका लागि सबै भन्दा बढी वाककला रहेको बताउँदै सरितादेवी दर्जिले भन्नुभयो “सिकेका कुरा व्यवहारिक जिवनमा उतार्न निरन्तरताको अभ्यास र आफ्नो क्षमता विकासका लागि आफ्नै प्रतिवद्धता सहितको निर्णय महत्त्वपूर्ण हुने रहेछ ।”


गैँडाकोट नगरपालिका वाड नं. १६ का वडा सदस्य देवी अधिकारीले महिला दिदिबहीनीहरुको क्षमता र नेतृत्व विकासका लागि निरन्तर अभ्यासको आवश्यकता रहेको बताउनुभयो । सीपलाई व्यवहारमा उतार्न सधैँ प्रयत्न गर्नुपर्ने बताउनुभयो । 


गैँडाकोट नगरपालिका वाड नं. १६ का वडा सदस्य रत्नबहादुर बोहराले सामाजिक जीवन व्यतित गरिरहेकाहरुलाई वाककलाको झन् बढी आवश्यकता भएको बताउनुभयो । उपस्थित सम्पूर्णलाई शुभकामना समेत दिनुभयो । 


अमरापुरी बहुउद्दश्यीय सहकारी गैँडाकोट १५ को सभाहलमा भएको समुद्घाटन कार्यक्रममा महिला समूह सञ्जाल अध्यक्ष पार्वती सापकोटाले दिदिबहिनीहरुको चाहना अनुसार उद्घोषण तालिमको आयोजना गरिएको हुँदा तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्दा सफलता प्राप्त हुने बताउनुभयो । 


४० भन्दा बढी महिला दिदिबहिनीहरुको उपस्थितिमा भएको उद्घोषण तालिममा नेपाल पत्रकार महासंघ नवलपुरका सहसचिव श्रीधर उपाध्याय र विजय एफएमका सहायक स्टेशन म्यानेजर प्रेमबहादुर क्षेत्रीले ७ दिनसम्म प्रशिक्षण दिनुहुने महिला समूह सञ्जालकी सचिव सविता सापकोटालेले बताउनुभयो ।

सचिव सविता सापकोटाले समुद्घाटन कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित प्रशिक्षार्थी र अतिथिहरुलाई सञ्जाल उपाध्यक्ष गंगा पौडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोट १६ का वडा अध्यक्ष विनोद मल्ल, वडा सदस्य दिनेश देवकोटा लगायतको उपस्थिति रहेको थियो ।