गैँडाकोटलाई मध्यवर्तीक्षेत्रबाट हटाउन नगरपालिकाको पहल

२०८० जेठ ११ बिहीबार १८:१९:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाका ६ वटा वडालाई चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीक्षेत्रबाट हटाउन गैँडाकोट नगरपालिकाले पहलकदमी थालेको छ । 

गैँडाकोट नगरपालिकाको वडा नं. १०, ११, १२, १३, १६ र १७ को नारायणी नदीसँग जोडिएका केही स्थानहरु चितवन राष्ट्रिय निकुञ्जको प्रवाभित क्षेत्र मध्यवर्तीक्षेत्रमा राखिएको हुँदा उक्त स्थानहरुलाई मध्यवर्तीक्षेत्रबाट हटाउन पहल गर्न समिति नै गठन गरिएको हो । गैँडाकोट नगरपालिकाको यस आर्थिक वर्षको १५ औँ बैठकले उक्त स्थानहरुलाई मध्यवर्तीक्षेत्रबाट हटाउन पहल गर्न ५ सदस्यीय समिति गठन गरिएको गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले जानकारी दिनुभयो । 

गठित समितिको संयोजकमा नगर उपप्रमुख शान्ती कोइराला, सदस्यहरुमा नगर प्रवक्ता एवं ३ का वडा अध्यक्ष शिवकान्त तिवारी, ११ का वडा अध्यक्ष गोविन्द प्रसाद सुवेदी, १७ का वडा अध्यक्ष गोपी कँडेल र १० का वडा अध्यक्ष देवीदत्त कँडेल रहनुभएको छ ।