चलचित्र ‘हल्कारा’को चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा

२०८० जेठ ९ मंगलबार १२:३१:०० मा प्रकाशित

काठमाडौँ। वैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन विजेता घोषणा भएका छन् । 
प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीन जना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका–०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका–०६, मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।
चलचित्र टिमले विजेताहरुलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ ।  यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भईसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैँ सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो । पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने बताइएको थियो । सोही अनुरुप नेपालभरबाट पत्रहरू प्राप्त भएका थिए ।
यो प्रतियोगिताका विजेता वैशाख २७ गते घोषणा हुने भनिएता पनि केहि प्राविधिक जटिलताका कारण मंगलबार नतिजा प्रकाशन गरिएको हो ।